कांग्रेसको खुल्ला केन्द्रीय सदस्यमा शशांकको अग्रता, दोस्रोमा उदय शमशेर

कांग्रेसको खुल्ला केन्द्रीय सदस्यमा शशांकको अग्रता, दोस्रोमा उदय शमशेर


काठमाण्डु – नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको मतगणनामा नेता शशांक कोइरालाले अग्रता लिएका छन् । कांग्रेसको १४ औँ महाधिवशेन अन्तर्गत १०० मत गन्दा कोइरालाले ६५ मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रोमा उदश शमशेर राणा र तेस्रोमा रामहरी खतिवडाले मत ल्याएका छन् ।

१०० मतको गणना गर्दा  उदयशम्शेर राणा ४४, रामहरी खतिवडा ४३, एनपी साउद ३७, रमेश लेखक ४२ मत पाएका छन्। खुल्ला केन्द्रीय सदस्यको १५ स्थानमा मतगणना भइरहेको छ । खुल्ला सदस्यतर्फको मतगणना भोलि बिहानसम्म सकिने अनुमान गरिएको छ । कांग्रेसमा सभापतिसहित १३ पदाधिकारीको मतमणना सकिइसकेको छ ।