सर्वदलीय बैठक बस्दै, संसदको गतिरोध अन्त्यबारे निस्केला निकास ?

सर्वदलीय बैठक बस्दै, संसदको गतिरोध अन्त्यबारे निस्केला निकास ?


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठकमा बोलाएका छन् । प्रधानमन्त्री देउवाले आइतबार दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए ।संसद्को जारी गतिरोध अन्त्य गर्नका लागि आजको बैठक बोलाइएको उनले बताए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण संसद अघि बढ्न सकेको छैन । देउवाले संसद सुचारु गर्न पहल सुरु गरेका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी. जनमोर्चा नेपाल, राप्रपालगायत दललाई बोलाइएको छ।