कांग्रेस केन्द्रीय सदस्यको मतगणना जारी

कांग्रेस केन्द्रीय सदस्यको मतगणना जारी


काठमाण्डु – नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको बाँकी रहेको मतगणना जारी छ । शनिबारसम्म २३९३ मत गणना गरेर स्थगित भएको मत गणना केहीबेर अघिबाट सुरू भएको हो ।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार शनिबार दिउँसो १२ बजेदेखि सुरू भएको मतगणना राति ११ बजेसम्म गरिएको थियो । खुला केन्द्रीय सदस्यतर्फ ४६८२ मत खसेको छ ।

हालसम्म २३९३ मत गणना हुँदा निवर्तमान महामन्त्री डा. शशांक कोइराला १९७१ मतसहित पहिलो नम्बरमा छन् । उनले सुरूदेखि नै अग्रता लिएका छन् ।

यस्तै, १५३८ मतसहित एनपी साउद दोस्रो नम्बरमा छन् भने १५०७ मतसहित बालकृष्ण खाण तेस्रो नम्बरमा छन् । शेर राणा छन् । लेखकको १४५२ तथा राणाको १४४५ मत छ।