काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने घोषणा गरेका छन् ।उनले पत्रकारहरुसँग कुरा गर्दै आफु कांग्रेस प्रवक्ताको जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका हुन् ।
‘अबको जिम्मेवारीमा अर्को प्रवक्ता आउनुहुन्छ । त्यो बेलामा साथीहरुलाई असुविधा हुन सक्छ,’ उनले भने, ‘तर उहाँको भूमिकालाई बढावा दिनुपर्छ । मैले प्रवक्ता हुँदा धेरै सञ्चारमाध्यमले बोलाएका बेला सकेसम्म उपलब्ध भएँ । अबका दिनमा पनि सामान्यतया बाइटको सन्दर्भमा जहिले पनि उपलब्ध हुन्छु ।’




प्रतिक्रिया