काठमाण्डु – नेकपा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्षका लागि चुनाव हुने भएको छ । यसअघि सर्वसम्मतमा अध्यक्ष बनाउने प्रयास गरिए पनि सहमति जुट्न नसकेपछि चुनाव हुन लागेको हो । प्रदेश अध्यक्षका लागि सरल सहयात्री पौडेल र दिनानाथ गौतमबीच प्रतिस्पर्धा हुने भएको हो ।
यसअघि अध्यक्षका लागि पौडेल, गौतम, विदुर खड्का र डीपी ढकाल आकांक्षी थिए । तर अन्तिममा खड्का र ढकालले आफ्नो दाबी छोडेपछि पौडेल र गौतमबीच प्रतिस्पर्धा हुन लागेको प्रदेश सदस्य विदुर खड्काले जानकारी दिए ।
उनले अध्यक्षका लागि निर्वाचनमा सहभागी हुने प्रदेश समितिमा रहेका २ सय ७५ जनालाई बात्तिसपुतलीस्थिति अनुपम फुडल्याण्डमा उपस्थित हुन निर्देशन दिइएको बताए । चुनाव गर्न तयारी भइरहेको र केही बेरमा समतदान हुने निर्वाचन समितिले जनाएको छ ।
हुन सकेको थिएन । सहमति हुन नसकेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन गरेर भए पनि टुंगो लगाउन निर्देशन दिएका थिए ।




प्रतिक्रिया