खुला महिलातर्फको मतगणनाः डिला संग्रौला अग्र स्थानमा, आरजु तेस्रो स्थानमा

खुला महिलातर्फको मतगणनाः डिला संग्रौला अग्र स्थानमा, आरजु तेस्रो स्थानमा


काठमाण्डु – नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । आइतबार रातिदेखि मतगणना सुरु भए पनि बीचमा स्थगित भई सोमबार बिहानदेखि मात्रै पुनः गन्न थालिएको हो ।

खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डा.डिला संग्रौला छिन् । १६ सय मत गन्दा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा तेस्रो नम्बरमा छिन् ।

संग्राैलाले एक हजार १४, दोस्रो स्थानमा रहेकी पुष्पा भुसालले ९७०, आरजुले ९०१, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले ८११, पाँचौं स्थानमा रहेकी ईश्वरी न्यौपाने ७८६ र छैंटौं स्थानमा रहेकी सरिता प्रसाईले ७६८ मत पाएका छन् ।