चलखेलमा अड्कियो धरहरा पूनर्निर्माण

चलखेलमा अड्कियो धरहरा पूनर्निर्माण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणका लागि थालिएको टेन्डर प्रक्रिया ठेकेदार कम्पनीको चलखेलमा अड्केको छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माण कार्य अगाडि बढाउन मंगलबार टेन्डरको टुंगो लगाउने तयारी गरेको थियो ।

तर, ठेकेदारको चलखेलका कारण सात दिन म्याद थप गरिएपछि धरहरा पुनर्निर्माण पछाडि धकेलिएको हो ।  प्राधिकरण सांस्कृतिक सम्पदा पूनर्निर्माण शाखाका प्रमुख राजुमान मानन्धरका अनुसार, ठकेदार कम्पनीले फर्जी कागजपत्र पेश गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी पर्यो । सोही उजुरी छानबिनका लागि टेन्डर प्रक्रिया सात दिन स्थगित गरिएको हो ।आजको नगरिक दैनिकमा समाचार छापिएको छ ।