कांग्रेस थारु महिलातर्फ को-को भए विजयी ? (सूचीसहित)

कांग्रेस थारु महिलातर्फ को-को भए विजयी ? (सूचीसहित)


काठमाण्डु – नेपाली कांग्रेस थारु महिलातर्फको केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ ।

पार्टीको १४औं महाधिवेशनको मंसिर २७ गते भएको मतदानको मंगलबार साँझ सार्वजनिक मतपरिणामअनुसार थारु महिलातर्फ कल्पना चौधरी २५२४ मत तथा जीवन राना २३४९ मतका साथ विजयी भएका छन् ।

यस्तै पराजित हुने टिका कुमारी चौधरीले ८९२, नमिता कुमारी चौधरीले १६६१ र नवोदिता चौधरीले १५९० मत प्राप्त गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।