काठमाण्डु – नेपाली कांग्रेसको जारी १४ महाधिवेशनमा कर्णाली प्रदेशतर्फको खुला र महिलातर्फको केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।
मंगलबार राति सकिएको मतगणना अनुसार कर्णालीको दुई खुला केन्द्रीय सदस्यमा राजीवविक्रम शाह र कर्णबहादुर बुढा विजयी भएका छन् । शाहले २८२० र बुढाले २२०० मत प्राप्त गरेका छन् । विजयी दुबै सभापति शेरबहादुर देउवा पक्षका हुन् ।
त्यस्तै कर्णाली प्रदेशतर्फको महिला केन्द्रीय सदस्यमा जानकी सिंह निर्वाचित भएकी छन् । एक पदका लागि भएको निर्वाचनमा सिंहले मैना कार्की रावललाई पराजित गरेकी हुन् । विजयी सिंहले २६२४ र पराजित रावलले १९५५ मत प्राप्त गरेकी छन् ।




प्रतिक्रिया