जनकपुर – कांग्रेसको प्रदेश २ अधिवेशनमा ७ जना उम्मेदवार सर्वसम्मत चयन भएका छन् । जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश अधिवेशनमा ७२ पदका लागि १ सय ८० जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
जसमध्ये ७ जना उम्मेदवार निर्विरोध भएका हुन् । प्रदेश सदस्य खुलामा आशाराम चौधरी (सप्तरी) र महिला खुला सदस्यमा विमलादेवी साह (सप्तरी) तथा उषा देवकोटा (महोत्तरी) निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै प्रदेश मधेसी महिला सदस्यमा किरण कुमारी (पर्सा) र प्रदेश सदस्य आदिवासी जनजातिमा मनमाया तामाङ्नी निर्विरोध चयन भएका छन् ।
प्रदेश सभापतिमा २ जना, प्रदेश उपसभापति २ पदमा ५ जना, महामन्त्री २ पदका लागि ५ जना, सहमहामन्त्री पुरुष २ पदका लगि ८ जना र सहमहामन्त्री महिला १ पदका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट प्रदेश सभापतिमा कृष्ण यादव र पूर्व उपसभापति विमलेन्द्र निधि पक्षबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले प्रदेश सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश २ नेतृत्वमा निधिलाई शेखर कोइराला समूहले साथ दिएको छ ।




प्रतिक्रिया