काठमाण्डु – नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि भोलि बिहान ८ बजेदेखि मतदान हुने भएको छ । यसअघि निर्वाचन समितिले आजै मतदान हुने कार्यतालिका सार्वजनिक गरेको थियो ।
तर, मतदानका विषयमा शेरबहादुर देउवा र विमलेन्द्र निधिपक्षबीच विवाद भएपछि मतदान भोलि बिहान ८ बजेका लागि सारिएको हो । आजै मतदान गर्नुपर्ने पक्षमा रहेको निधि पक्ष नाराबाजीमा उत्रिएको थियो । देउवा पक्षले त्यसको प्रतिवाद गर्दा झडपको स्थिति उत्पन्न भएको हो ।
प्रदेश २ मा सभापतिका लागि देउवा पक्षबाट कृष्ण यादव प्रतिस्पर्धामा छन् । त्यस्तै, निधि पक्षबाट रामसरोज यादव प्रतिस्पर्धामा छन् । उनलाई १४औं महाधिवेशनमा सभापतिमा पराजित शेखर कोइरालाको पनि साथ छ ।




प्रतिक्रिया