काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको समावेशीतर्फ मतगणना जारी छ । समावेशी समूह अन्तर्गत अहिले आदिवासी जनजाति खुला सदस्यका लागि मतगणना भइरहेको छ ।
उक्त समूहमा ८ पदका लागि ५० जना प्रतिस्पर्धामा छन् । निर्वाचन समितिका अनुसार हालसम्म १७०० मतगणना सकिएको छ । जसमा ११ उम्मेद्वारले ५०० भन्दा बढी मत कटाएका छन् ।
त्यस्तै उमेश श्रेष्ठले ७८३ मत पाएका छन् । बहादुरसिंह लामा ७६८, टेकबहादुर गुरुङ ७२५, दिलमान पाख्रिन ५२५, आङ्गेलु शेर्पा ६७४, ओमबहादुर घर्ती ५४६, तारामान गुरुङ ६७१, टेकप्रसाद गुरुङ ५८६, जीतनारायण श्रेष्ठ ५६८, महादेव गुरुङले ५२३ मत पाएका छन् ।




प्रतिक्रिया