विराटनगर – नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ विजयी भएका छन् । उनि अर्थमन्त्री जनार्दन शर्मा स्वकिय सचिव समेत हुन ।
अध्यक्षलगायत ९ पदाधिकारी चुन्न बुधबार भएको निर्वाचनमा ‘मिक्सो’ मुक्सामहाङ्ग नेता वर्षमान पुन निकट मेन्याङवो मुकेशलाई ११३ मतले हराउंदै विजयी भएका हुन । त्यसैगरी तीन उपाध्यक्षमा देवान चाम्लिङ, शिवकुमार डांगी र मणिकुमार साम्पाङ विजयी भएका छन्।
सचिवमा मोरङका गणेश उप्रेती सुशील विजयी भएका छन् भने सहसचिवमा कुमारी राई, ऋषिराम ढुंगाना र सागर किरांती विजयी भएका छन्। कोषाध्यक्षमा रेवतराज पुरी गगन विजयी भएका छन्। प्रदेश १ मा माओवादीका २ सय ४० जना सदस्यहरु मतदानमा सहभागी भएका थिए ।
यस्तो छ अन्तिम मतपरिणाम
अध्यक्ष पदका उम्मेदवार
१. हर्कबहादुर नेम्वाङ मिक्सो – १६९ विजयी
२. मुक्सामहाङ्ग मेन्याङवो मुकेश – ६४
उपाध्यक्ष पदका उम्मेदवार
१. शिवकुमार डाँगी – ११३ विजयी
२. भोगेन्द्र यादव – ९७
३. पुरुषोतम चुँडाल – ३६
४. मणिकुमार राई विजय – १११ विजयी
५. उर्मिला तामाङ चन्दा – ८०
६. देवान चाम्लिङ पृथ्वी – १२० विजयी
७. इन्दिरा मिश्र – ५१
८. मोहन खत्री हेनरी – ८६
सचिव पदका उम्मेदवार
१. गणेश उप्रेती सुशील – १४८ विजयी
२. सीपी कडरिया – ८३
सहसचिव पदका उम्मेदवार
१. ऋषिराम ढुंगाना कुसुम – ९५ विजयी
२. राजु आचार्य अग्नि – ५१
३. खडक योगी अनिल – ३५
४. सन्तोष थारु – ४४
५. हर्क लावती कान्छा – ४३
६. कुमारी राई रचना – ११४ विजयी
७. निशान्त शर्मा – ४३
८. विजय प्रकाश वनेम – ६१
९. ठमनाथ पराजुली ध्रुव – २६
१०. कृष्ण जिमी भरत – ४०
११. दिलकुमार राई – ४३
१२. तेजमान कन्दङ्वा – १९
१३. सागर किराँती – ७३ विजयी
कोषाध्यक्ष पदका उम्मेदवार
१. मदन कुमार चुडाल – ५५
२. रामकुमार कार्की – २३
३. रेवतराज पुरी गगन – ९३ विजयी
४. वन्दना झांगड – ५७




प्रतिक्रिया