राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक केहिबेरमा सुरु हुँदै

राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक केहिबेरमा सुरु हुँदै


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदेशस्तरीय विस्तारित बैठक केही बेरमा सुरु हुँदैछ । महाधिवेशनलगत्तै बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार आजदेखि बैठक बस्न लागेको हो ।

राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक बिहीबार लुम्बिनी प्रदेश अन्तर्गतको दाङमा हुने भएको छ भने १२ पुसमा गण्डकी प्रदेश अन्तर्गतको विस्तारित बैठक नवलपुरमा हुने भएको छ । अन्य प्रदेशको छिट्टै मिति घोषणा हुने र पुस महिनामा विस्तारित बैठक गरिसक्ने पार्टीको योजना रहेको नेता श्रेष्ठले पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिए ।

आज दाङमा हुने लुम्बिनी प्रदेशको विस्तारित बैठक र आमसभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष ध्रुबबहादुर प्रधान, महामन्त्रीद्वय डा।धवल शमशेर राणा, भुवन पाठक लगायतका नेताहरू सहभागी हुँदैछन् ।