संसदमा बाेल्न नपाएकाे भन्दै एमालेसँग भीम रावल रुष्ट, पोखे यस्तो असन्तुष्टी

संसदमा बाेल्न नपाएकाे भन्दै एमालेसँग भीम रावल रुष्ट, पोखे यस्तो असन्तुष्टी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेकोमा आफ्नै पार्टीमाथि असन्तुष्टी पोखेका छन् । भदौबाट निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको एमालेमाथि नै नेता रावलले असन्तुष्टी जनाएका हुन् ।

नेता रावलले सुरु भएको संसद जनसरोकारको विषयमा सांसदहरुले बोल्न नपाउने तर सरकारले चाहे अनुसार कानुन पारित गर्न दिइरहेको भन्दै आलोचना गरेका छन् ।

उनले होहल्लाको बीचमा सरकारले चाहे अनुसार कानुन र महत्वपूर्ण विषय खुरूखुरू पारित गर्नदिने नीति र कार्यदेश, जनता र लोकतन्त्रको विरूद्धमा हुने उल्लेख गरेका छन् । यस्ता क्रियाकलापले देश कमजोर हुँदै जाने नेता रावलले बताए ।

‘संसदमा राष्ट्रियता,जनसरोकार,अर्थतन्त्र र विकाससम्बन्धी विषयमा सांसदहरूले बोल्न र छलफल गर्न नपाउने तर महत्वपूर्ण विषय र कानून होहल्लाको बीचमा सरकारले चाहे अनुसार खुरूखुरू पारित गर्नदिने नीति र कार्य देश, जनता र लोकतन्त्रको विरूद्धमा हुन्छ । यस्ता क्रियाकलापले देश कमजोर हुँदै जान्छ’ रावलले लेखेका छन् ।

नेकपा एमालेले आफूहरुले कारबाही गरेका माधव नेपालसहित १४ जना सांसदलाई कारबाही नगरेको भन्दै निरन्तर संसद अवरुद्ध पार्दै आएको छ । एमालेले सरकारले बोलाएको बैठकहरुसमेत बहिस्कार गर्दै आएको छ।