काठमाण्डु – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शुक्रबार चौंथोपटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । स्रोतका अनुसार आज मुख्यमन्त्री पाण्डेले अन्तिमपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
बागमती प्रदेश सरकारले ८ वटा मन्त्रालय विभाजन गरेर १४ पुर्याएको थियो । यसअघि ११ मन्त्री र १ राज्य मन्त्री नियुक्त भइसकेका छन्। आज ३ जना मन्त्री र २ राज्यमन्त्री नियुक्त गर्ने मुख्यमन्त्रीको अन्तिम तयारी रहेको जनाइएको छ । भागबण्डाका लागि नै मन्त्रालय विभाजन गरिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।




प्रतिक्रिया