काठमाण्डु- नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक जारी छ । शनिबार पार्टी कार्यालय सानेपामा पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बसेको हो ।
उक्त बैठकमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरु सहभागि भएका छन् । कांग्रेसको १४ औं महाधिवेशनबाट १३ जना पदाधिकारीसहित १३४ जनाको केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ ।




प्रतिक्रिया