काठमाण्डु – नेकपा माओवादी केन्द्रले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ ।
आइतबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी संख्या १५ सहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय भएको हो ।
अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव र ३ सचिव र एक कोषाध्यक्षसहित पदाधिकारी संख्या १५ सदस्यीय हुनेछ । आफ्नो राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेसँगै माओवादी केन्द्रले अधिवेशनको समयसमेत लम्ब्याउने निर्णय गरेको छ ।
माओवादी केन्द्रको महाधिवेशन आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुँदैछ । माओवादीको राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएपछि ११ देखि १३ सम्म हुने कार्यक्रम २ दिन थप भएको हो ।




प्रतिक्रिया