माओवादी महाधिवेशन : कुन दलबाट को नेता सहभागी हुँदैछन् ?

माओवादी महाधिवेशन : कुन दलबाट को नेता सहभागी हुँदैछन् ?


काठमाण्डु – नेकपा माओवादी केन्द्रको ८ औं महाअधिवेशनमा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली बाहेक अन्य दलका शीर्ष नेता सहभागि हुने भएका छन् । एमालेको तर्फबाट महासचिव शंकर पोखरेल सहभागी हुने संभावना छ ।

महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धन नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुने बताइएको छ ।

यसअघि कुनै राजनीतिक दललाई नबोलाउने निर्णय गरेको माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेपछि प्रमुख प्रतिपक्ष एमालेसहित ११ दललाई निम्तो दिएको हो ।