माओवादी केन्द्रको आठौं महाधिवेशन सुरु

माओवादी केन्द्रको आठौं महाधिवेशन सुरु


काठमाण्डु – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सुरु भएको छ । आइतबार दिउँसो साढे ३ बजे प्रज्ञा भवन कमलादीमा माओवादीको आठौं महाधिवेशन सुरु भएको हो ।

माओवादीले आइतबार दिउँसो १ बजे पूर्वनिर्धारित कार्यक्रमलाई अपरान्ह साढे ३ बजे पुर्‍याएको हो । महाधिवेशनस्थलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितका शीर्ष नेताहरु कमलादी पुगेका छन् ।

शनिबार बसेको स्थायी कमिटी बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गराउने निर्णयलाई आइतबार बसेको केन्द्रीय समितिले अनुमोदनपछि समय लम्बिएको हो । उद्घाटन कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।