पाँच दलीय गठबन्धन फुटाउने प्रयास भइरहेको छ : दुर्गा पौडेल

पाँच दलीय गठबन्धन फुटाउने प्रयास भइरहेको छ : दुर्गा पौडेल


काठमाण्डु – राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पाँच दलीय गठबन्धनलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएकी छन् । नेकपा माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना व्यक्त गर्दै पौडेलले गठबन्धनलाई फुटानउन केही तत्वहरु लागिरहेको बताएकी छन् ।

‘ आज प्रतिगमन चर्को रूपमा प्रस्तुत भइरहेको छ । यसविरुद्ध पाँच दलीय गठबन्धनलाई झन् एकताबद्ध बनाएर लैजानुपर्छ ।’उनले भनिन् । पौडेले गठबन्धन र एमसीसीबारे महत्वपूर्ण निर्णय महाधिवेशनबाट लिने अपेक्षा गरेको पनि बताइन ।