प्रचण्डको प्रतिवेदनमाथि राम कार्कीको ‘फरक मत’

प्रचण्डको प्रतिवेदनमाथि राम कार्कीको ‘फरक मत’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन मंगलबार पनि जारी छ । जारी महाधिवेशन अन्तर्गत सोमबारदेखि सुरु भएको बन्दसत्रमा माओवादीका स्थायी कमिटी सदस्य राम कार्कीले प्रचण्डको दस्तावेजमाथि लिखितरुपमै ‘फरक मत’ प्रस्तुत गरेका छन् ।

नेता कार्कीले आफ्नो फरक मतमा यसअघि सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन केन्द्रीय सदस्यहरु र महाधिवेशन प्रतिनिधिसमक्ष वितरण गरिनुपर्ने माग गरेका छन् ।

क्रान्तिकारी कम्युनिष्टहरुले संसदको उपयोग गर्ने नाममा संसदवादमा भासिएको उल्लेख गर्दै कार्कीले पार्टीले आफ्नो गतिविधिलाई चुनाव लड्ने र सरकार बनाउने गतिविधिमा बन्धकी बनाउन नहुने उल्लेख गरेका छन् । दलाल पुँजीवाद समाप्त गरेर राष्ट्रिय पुँजीवाद कायम गर्ने भन्नु यथास्थितिमै रमाइरहने सोच भएको पनि उल्लेख गरेका छन् ।