काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनको दोष एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लगाएका छन् ।
नेकपा हुँदा पनि ओलीले एकलौटी गरेको आरोप लगाइरहेका प्रचण्डले आफ्ना कार्यकर्ता माझ नेकपा विभाजन हुनुको कारण स्पष्ट पार्दै माओवादी र एमाले एकताको बाधक ओली नै भएको जिकिर गरेका छन् । ओली र प्रचण्डबिच नेकपामा हुँदा संवादहिनताको स्थिति बनेको थियो । अहिले माओवादीको ८ औँ महाधिवेशनमा प्रचण्डले विगतलाई समिक्षा गरेका छन् ।
आफ्नो राजनीतिक प्रतिवेदनमा उनले ओलीलाई नै बाधक भएको ठहर गरेका छन् । एमाले र माओवादी केन्द्रबीचको एकता कायम नरहनुमा ओली नै मुख्य दोषी रहेको उनको आरोप छ ।
‘केपी ओलीको चरम व्यक्तिवादी अहंकार सहमति विपरित निरंकुश ढंगले पार्टी र सरकार चलाउने धृष्टता एवं उनमा रहेको माक्र्सवाद विरोधी सामान्ती, दलाल, पूँजीवाद र व्रदेशिक प्रतिक्रियावादका अगाडि आत्मसमर्पण गर्ने चरित्रका कारण पार्टीभित्र चरम गुटबन्दी अव्स्थ अन्तरसंष्र्घषकाको विकास भयो । यो अन्तरसंर्घाषको प्रक्रियामा आफ्नो पराजय निश्चित देखिएपछि ओली गुटले संविधान नै खारेज गर्ने नियतका साथ प्रतिनिधिसभा विघटन गर्ने पुगे तब त्यो अस्वस्थ अन्तरसंघर्षमा बदलियो,’ उनले उल्लेख गरेका छन् । अध्यक्ष प्रचण्डले संसद विधटन गर्न आफूहरुले रोके पनि ओली गुटले पार्टी अनुशासनको खिल्ली उडाउँदै प्रतिगमनको यात्रामा अगाडि बढेको उल्लेख गरेका छन् ।
‘त्यो विषम परिस्थितिमा पनि पार्टीले एकताको रक्षा गर्न र ओलीका गलत विचार, प्रवृति र कार्यशैली सच्याउन पार्टीले अन्तिमसम्म प्रयास गर्यो । तर, ओली गुट झन् पछि झन् पार्टी अनुशासनको खिल्ली उडाउँदै प्रतिगमनको यात्रामा अगाडि बढे । त्यो परिस्थितिमा केन्द्रीय अनुशासनको खिल्ली उडाउँदै प्रतिगमनको यात्रामा अगाडि बढे । त्यो परिस्थितिमा र्केन्द्रीय समितिको दुई तिहाईभन्दा बढीको महुमतले उनलाई पार्टी सदस्यताबाट निष्काशित गर्याे भने संसदीय दलको बहुमतले उनलाई दलको नेताबाट निष्काशन गर्यो । आधिकारिक र वैधानिक रुपले गरिएको उपरोक्त निर्णयलाई तत्कालिन निर्वाचन आयोग र संसद सचिवालयले जानीबुझी गरेको ऐन र नजिर विपरितको क्रियाकलाप र अन्त्यमा अदालतको अस्वभाविक राजनैतिक फैसलाका कारण पार्टी एकता असफल तुल्यायो,’ उनले भनेका छन् ।
उनले आज पनि आफुहरु वृहद कम्युनिष्ट एकताको पक्षमा रहेको बताएका छन् । उनले माओवादीबाट फुटेका शक्तिहरुलाई पनि एकताको आह्वान गरेका छन् । प्रतिगमन विरुद्धको आफुहरुको यात्रा जारी रहेको उनले उल्लेख गरेका छन् । ‘हाम्रो पार्टी अहिले पनि एकताको पक्षमा छ र रहिरहने छ । विभिन्न माओवादी समूह र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) सँग सहकार्य बढाउँदै जाने हाम्रो नीति स्पष्ट नै छ,’ उनले भनेका छन् । उनले सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका नेता माधव कुमार नेपालसंग सहकार्य गर्ने संकेत गरेका छन् ।




प्रतिक्रिया