काठमाण्डु – नेकपा एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकता भएको छ । एमाले विभाजन गरेर माधव नेपालले बनाएको नेकपा एस र माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महताले बनाएको नेकपा जनवादीबीच मंगलबार राष्ट्रिय सभागृहमा एकताको घोषणा भएको हो ।
माधव नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट हुँदै पार्टी विभाजन गरेर नयाँ पार्टी दर्ता गराएका थिए । त्यस्तै तत्कालिन माओवादीसँग असन्तुष्ट हुँदै देवेन्द्रसिंह महताले २०६२ सालमा नेकपा जनवादी गठन गरेका थिए ।




प्रतिक्रिया