राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव अधिकारीलाई वन मन्त्रालयले सोध्यो स्पष्टिकरण

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव अधिकारीलाई वन मन्त्रालयले सोध्यो स्पष्टिकरण


काठमाण्डु– राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीलाई वन तथा वातावरण मन्त्रालयले स्पष्टिकरण सोधेको छ ।

राष्ट्रिय कर्मचारी युनियनले बुधवार अधिकारीले एनटिएनसीको स्रोत साधनहरुको दुरुपयोग गरेको,कर्मचारीहरुलाई पूर्वाग्रह सांधेर हटाएको,विना प्रतिस्पर्धा कर्मचारी भर्ना गरेको र सरुवा बढुवा एवंम् वृति विकाशमा स्वेच्छाचारी र अपारदर्शी निर्णय गरेर कोषका कर्मचारीलाई विनियम,विधि र प्रक्रियालाई वेवास्ता गरेर अन्याय गरेको भन्दै ज्ञापनपत्र बुझाएको थियो ।

वन तथा वातावरणमन्त्री राम सहाय प्रसाद यादवलाई कोषका कर्मचारीहरुले ज्ञापनपत्र बुझाएकै दिन मन्त्रालयलयले बुधवार ३ दिनभित्र जवाफ दिन अधिकारीलाई पत्र काटेको हो । यसअघि कर्मचारी संगठनले तिन पटक उनलाई मागपत्र बुझाएको थियो । तर, उनले उल्टै कोषका कर्मचारीलाई राजनीतिक आस्था र व्यक्तिगत पूर्वाग्रह सांधेर सरुवा गरेको, जागिरबाट निष्काशन गरेको र आफुखुसी प्रक्रिया मिचेर बढुवा गरेपछि उनिहरुले बुधबार मन्त्री यादवलाई भेटेर गुनासो गरेका हुन ।

अधिकारीलाई एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री र वनमन्त्री शक्ति बस्नेत हुंदा कोषको सदस्य सचिव बनाइएको थियो । अधिकारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालमार्फत सदस्य सचिव बन्न दबाव दिएका थिए ।

ओली नेतृत्वको सरकार ढल्नुभन्दा केही दिन अघि मात्र उनको नियुक्ती भएको थियो । उनले नियुक्तीका लागी तत्कालिन अख्तियार प्रमुख नविन घिमिरेदेखी यति ग्रुपका मालिक सोनाम शेर्पासम्मको शक्ति प्रयोग गरेका थिए । विशेषगरी नेता नेपालले उनलाई नियुक्तीका लागी दबाव दिएका थिए । अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा संचार विज्ञ थिए । त्यही बेला नै ललिता निवास प्रकरणमा माधव नेपालको फाइल अख्तियारले अनुसन्धान गरिरहेको थियो । नेता नेपाललाई उक्त प्रकरणमा अधिकारीले गुन लगाएकाले उनको नियुक्तीका लागी उनले जोडबल गरेको स्रोतको दावी छ ।

अधिकारी त्यसभन्दा पहिले कोषमै सामान्य अधिकृतका रुपमा कार्यरत थिए । उनको कोषका कर्मचारीहरुसंग सुरुदेखी नै सुमधुर सम्बन्ध नभएको बताइन्छ । अधिकारी र मन्त्रालय नेतृत्वको सम्बन्ध समेत विग्रेको छ । जसले गर्दा मन्त्रालय अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रको म्याद पनि नथप्ने र आर्थिक सहयोग समेत नगर्ने लाइनमा देखिएको छ । अधिकारीको नियुक्ती भएकै दिनदेखी कोषले कुनै उल्लेख्य काम समेत गर्न सकेको छैन । संस्था दिनानुदिन आर्थिक संकटमा समेत फस्दै गएको त्यहांकै कर्मचारीहरु बताउंछन् ।

सदस्य सचिव अधिकारी र मन्त्रालय नेतृत्वको द्धन्द्ध बुधवार जु को २६ औं वार्षिकोत्सव कार्यक्रममा समेत देखिएको छ । उक्त कार्यक्रममा वनमन्त्री शाह र सचिव प्रेम नाराणय कंडेललाई बोलाइएको भएपनि उनिहरु कार्यक्रममा सहभागी भएनन । मन्त्रालयले यसअघि पनि अधिकारीलाई पटक पटक स्पष्टिकरण सोधेको मन्त्रालय स्रोत बताउंछ ।