बांके- बांकेमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । बांकेको भेरी अस्पतालमा त्यंहीका कार्यालय सहयोगी धर्मराज भट्टराईसहितको उनको परिवारका चार जनाको मृत्यु भएको हो । कोठा न्याना बनाउन टिनको बट्टामा आगो बालेर राखिएको बताइएको छ । कोठामा सात जना मध्ये अरु तीन जनाको उपचार भइरहेको छ ।
बांकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीकाअनुसार मृत्यु हुनेमा कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र उनका तीन महीनाको छोरा इप्सन भट्टराई रहेको छ ।
उनकाअनुसार धनप्रसादकी श्रीमती सुशीला, ३ वर्षीय छोरा विवश र भाइ नरेन्द्र भट्टराईको भेरी अस्पतालमा उपचार भइरहेको छ ।




प्रतिक्रिया