प्रचण्डको दस्तावेज परिमार्जनसहित आजै पारित गर्ने तयारी

प्रचण्डको दस्तावेज परिमार्जनसहित आजै पारित गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथिको बहस र छलफल बिहीबार पनि जारी छ ।

प्रचण्डले सोमबार पेश गरेको राजनीतिक प्रतिवेदन र देव गुरुङले  पेश गरेको विधान प्रतिवेदन माथिको बुधबार ११ समूहका संयोजकले रिर्पोटिङ गरेका थिए । बाँकी १४ समूहको रिर्पोटिङ आज सकिँदै छ । समूहगत निष्कर्ष सकिएपछि प्रचण्डले त्यसको जवाफ दिने र परिमार्जनसहित आजै पारित गर्ने तयारी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यस्तै, विधान प्रतिवेदन बन्दसत्र हलबाट पारित भएपछि आजै निर्वाचनको प्रक्रिया अगाडि बढाउने तयारी भएको छ । बन्दसत्रमा पेश भएको विधान प्रतिवेशनपछि नयाँ नेतृत्व छनोटका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले जानकारी दिए । १५ गतेसम्मका लागि तय गरिएको माओवादीको महाधिवेशन लम्बिने निश्चित भएको हो ।