सल्लाहकार राख्ने समेत अधिकार नभएका शिक्षा मन्त्रीका १७ जना सल्लाहकार

सल्लाहकार राख्ने समेत अधिकार नभएका शिक्षा मन्त्रीका १७ जना सल्लाहकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको १७ जना सल्लाहकार राखेका छन् ।सल्लाहकार राख्ने समेत अधिकार नै नभएका मन्त्री पोखरेलले जीवन गौतमलाई घोषित रुपमै सल्लाहकार बनाएका छन् ।

प्रम कार्यालयले शिक्षा मन्त्रीलाई सल्लाहकार राख्ने सुविधा नभएको जनाएको छ । गौतम सल्लाहकारको रुपमा राज्यमन्त्रीको कार्यकक्षमा बस्ने गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सार्वजनिक गरेको सुविधासम्बन्धी नियममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीले उपस्वकीय सचिव एक जना, स्वकीय अधिकृत एक जना, नासु सरहको सहायक १ जना र २ जना सवारी चालक गरी ५ जना कर्मचारी राख्नुपर्ने व्यवस्था छ ।

प्रधानमन्त्री कार्यालयले २०६८ भदौ २९ गते नियम संसोधन गरी यो व्यवस्था लागू गरेको थियो । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

को को छन् सचिवालयमा ?
१ जीवन गौतम
२ पुष्प ढकाल
३ पुरण केसी
४ विनोद न्यौपाने
५ रुद्र मगर
६ सुनिल खड्का
७ शंकर शाह
८ राजकुमार कोइराला
९ लिलामान भण्डारी
१० भीम पोखरेल
११ प्रकाश खतिवडा
१२ शिव फुयाल
१३ पंकज रावल
१४ रोहित दाहाल
१५ सुदर्शन पराजुली
१६ नन्द थापा
१७ शक्ती कोइराला