राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरमा निर्वाचन अधिकृत कार्यालय स्थापना

राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरमा निर्वाचन अधिकृत कार्यालय स्थापना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ । बिहीबार प्रदेश निर्वाचन कार्यालयमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

निर्वाचन आयोगले प्रदेश २ को निर्वाचन अधिकृतमा धनुषा जिल्ला अदालतका मुख्यन्यायाधीश ब्रजेश प्याकुरेललाई नियुक्त गरिसकेको छ । उनले पदभार समेत ग्रहण गरिसकेका छन् । राष्ट्रिय सभाको लागि निर्वाचनस्थल जनकपुरधाममा रहेको महेन्द्रनारायण निधि संग्रहालयलाई तोकिएको छ ।

प्रदेश २ मा १०४ प्रदेश सभा सदस्य २ सय ६८ जना स्थानीय तहका प्रमुख र उपप्रमख रहेका छन् । यस हिसावले प्रदेश २ का ३७२ जना मतदाता रहेका छन् । राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख मतदान गर्न पाउने प्रावधान रहेको छ ।

निर्वाचन अधिकृत कार्यालयको उद्घाटनमा धनुषा जिल्लाका मुख्यन्याधिश तथा निर्वाचन अधिकृत ब्रजेश प्याकुरेल, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, प्रदेश २ निर्वाचन कार्यालयकी प्रमुख पुष्पा झाको उपस्थित रहेको थियो ।