भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान बन्द

भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द भएको छ । विमानस्थल टर्मिनल कार्यालयले भिजिबिलिटी कम भएका कारण उडान बन्द भएको जानकारी दिएको छ ।

जल तथा मौसम विज्ञान विभागले अहिले देशका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि अहिले कुवेतबाट आएको जजिरा एयरलाइन्सका दुईवटा जहाज सिमरामाथिको आकाशमा फन्को लगाइरहेका छन् भने कैंयौ जहाज डाइभर्ट भएका छन् ।