माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । महाधिवेसन स्थल कमलादीमा सुरु भएको बैठकमा महाधिवेशन प्रतिनिधिहरुले राखेका सुझावलाई कसरी समेट्ने भन्ने बारेमा छलफल हुने माओवादी नेताहरुले बताएका छन् ।

अध्यक्षको प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिन बैठक बोलाइएका स्थायी कमिटी सदस्य शक्ति बस्नेतले बताएका छन् । साथै, बैठकमा केन्द्रीय समितिमा लैजाने २९९ सदस्य नेताहरू चयनको विधिबारे समेत छलफल हुनेछ । अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेश गरेको विधान संशोधन प्रस्तावमाथिको छलफल बिहीबार सकिएको थियो ।

विधान र राजनीतिक प्रतिवेदन टुङ्ग्याएर नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्ने नेता बस्नेतको भनाइ छ । स्थायी कमिटीको बैठक सकेर बन्दशत्र सुरु गर्ने माओवादीको तयारी छ । आजको बन्दसत्रमा २५ वटा समूहले उठाएका प्रश्नको जवाफ अध्यक्ष दाहालले आज दिने कार्यसुची रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

दाहालले जवाफ दिइसकेपछि प्रतिवेदन पारित गरेर नेतृत्व छनोटको प्रक्रिया सुरु हुने छ । अध्यक्ष दाहालले आज जवाफ दिएपछि प्रतिवेदन पारित भएपछि मात्रै निर्वाचन कार्यतालिका प्रकाशित गरिनेछ । माओवादी केन्द्रले सर्वसम्मतमा नेतृत्व चयन गर्ने गृहकार्य गरिरहेको छ ।