त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण सुरू

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण सुरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण सुरू भएको छ । खराब मौसमका कारण बिहानैदेखि बन्द भएका विमानस्थल केही बेर अघि खुलेको बताइएको छ । आज बिहान बाक्लो हुस्सुका कारण भिजिबिलिटी दर शून्य अवस्थासम्म पुगेका कारण विमानस्थल बन्द रहेको थियो ।

केही बेर अघि दोहा र दुवईबाट आएका ४ विमानले अवतरण गरेका छन् भने आन्तरिक उडानतर्फ पोखरा, भद्रपुर र विराटनगरका लागि उडान सुरू भएको छ । खराब मौसमकाकारण विदेशबाट आएका विमानलाई काठमाण्डु र सिमराको आकाशमा होल्डमा गरिएको थियो भने ४ विमानलाई भारत र बंगलादेशका एयरपोर्टमा डाइभर्ट गरिएको थियो ।

खराब मौसमका कारण विदेशबाट आएका ८ अन्तर्राष्ट्रिय उडानले काठमाण्डुदेखि सिमराको आकाशमाथि कैयौं पटक चक्कर काटेका थिए । आकाशमै इन्धन सकिन लागेपछि ३ वटालाई बंगलादेशको ढाका एयरपोर्ट एक विमानलाई कलकत्ता डाइभर्ट गरिएको थियो । कुवेतबाट आएको जजिरा एयरका २ विमान र दमामबाट आएको हिमालयन एयरको १ विमानलाई ढाकामा अवतरण गरेका छन् भने फ्लाई दुवईको विमान कलकत्ता एयरपोर्ट डाइभर्ट भएको हो ।