पर्यटनमन्त्री आलेको आक्रोश : पर्यटन बोर्डमा धनञ्जय रेग्मी सिइओ रहेसम्म प्रगति हुँदैन

पर्यटनमन्त्री आलेको आक्रोश : पर्यटन बोर्डमा धनञ्जय रेग्मी सिइओ रहेसम्म प्रगति हुँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मीको तिब्र आलोचना गरेका छन् । पर्यटन बोर्डकै स्थापना दिवसको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री आलेले पर्यटन बोर्डमा धनञ्जय रेग्मी सिइओ रहेसम्म बोर्डको प्रगति नहुने जिकिर गरेका छन् ।

मन्त्री आलेले सिइओ रेग्मी कै कारण आफु लण्डनमा अपमानित हुन परेको बताए ‘म लन्डन जाँदै जान्न भन्दा जबर्जस्ती लगेर गयो, बोल्ने कार्यक्रम छैन भन्यो साँढेले,’ लन्डन गएँ दूतावासमा राखिदियो, न गाडी छ, खाना आफैं खोजेर खानुपर्ने,’ मन्त्री आलेले भने, ‘म यो देशको मन्त्री, जनताले छानेर आएको मन्त्री, लन्डनमा बोल्न पाइनँ, मलाई दुःख लाग्यो । यस्तो साँढेलाई सिइओ बनाए भने बोर्ड चल्छ ? मन्त्रालयमा विकृति धेरै भएको भन्दै सम्हाल्नै गाह्रो भएको पनि उनले सुनाए ।