माओवादी महाधिवेशन : प्रचण्डले जवाफ दिन थाले

माओवादी महाधिवेशन : प्रचण्डले जवाफ दिन थाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड- नेकपा (माओवादी केन्द्र) को जारी आठौँ महाधिवेशन काठमाण्डुमा जारी छ । पार्टीको आठौँ महाधिवेशन अन्तर्गत शुक्रबार दिउँसोदेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिन थालेका छन्।

बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलपछि आफ्नो निष्कर्ष प्रस्तुत गर्ने कार्य सकिएपछि प्रचण्डले जवाफ दिन थालेका हुन् । गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

दाहालले जवाफ दिइसकेपछि प्रतिवेदन पारित गरेर नेतृत्व छनोटको प्रक्रिया सुरु हुनेछ । अध्यक्ष दाहालले आज जवाफ दिएपछि प्रतिवेदन पारित भएपछि मात्रै निर्वाचन कार्यतालिका प्रकाशित गरिनेछ । माओवादी केन्द्रले सर्वसम्मतमा नेतृत्व चयन गर्ने गृहकार्य गरिरहेको छ ।