काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको उदेश्य चुनाव जित्ने मात्रै नभएको बताएका छन् । शुक्रबार नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले आफ्नो पार्टीको उद्देश्य चुनाव मात्र जित्ने नभएका बताएका हुन् ।
अध्यक्ष नेपालले भने, ‘नेपाली जनताको सम्बृद्धि, जनताको प्रतिष्ठा माथि उठाउन जुट्नेछौ । केही राजनीतिक दलहरु चुनाव चुनाव भनिरहेका छन्, हामी भन्दैनौ चुनाव । हाम्रो उद्देश्य र लक्ष्य चुनाव होइन, हाम्रो उद्देश्य जनता हुन्, जनताका पीरमर्का, युवा, पुरानो पुस्ता, किसान सबै समुदायले भोगिरहेका समस्यालाई हामीले हाम्रो समस्याका रुपमा लिएका छौ ।’
त्यसैगरी उनले जनताका समस्या समाधान गर्ने सन्दर्भमा आफ्नो पार्टी अग्रपंक्तिमा उभिने र त्यसका लागि सन्तुलित नीति लिएर अघि बढ्ने प्रयासमा रहेको बताएका छन् ।




प्रतिक्रिया