काठमाण्डुमा किन बिजुली गइरहन्छ ?

काठमाण्डुमा किन बिजुली गइरहन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पछिल्लो समय काठमाण्डु उपत्यकामा बिजुली गइरहने समस्या देखिएको छ । पूर्व जानकारी बिनै बिजुली गइरहदा धेरै सर्वसाधरणले गुनासो गरेका छन् । सामाजिक सञ्जालमार्फत धेरैले उर्जा मन्त्री पम्फा भुसाल र नेपाली विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ध्यानाकर्षण समेत गराएका छन् ।

बेलाबेला बिजुली गइरहदा कतिपय विदुतिय उपकरण पनि बिग्रने जोखिम बढेको गुनासो आइरहेको छ । आज पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले विदुत गइरहनुको कारण स्पष्ट पारेका छन् । पत्रकार सम्मेलनमा निर्देशक घिसिङले जाडो बढेसँगै विद्युत्को माग बढेको र ट्रान्सफर्मरमा समस्या देखिएकाले बिजुली अनियमित भएको स्वीकार गरेका छन् । यो समस्या काठमाडौं उपत्यकामा मात्र रहेको पनि उनको भनाइ छ ।

काठमाण्डुमा किन बिजुली जान थाल्यो ?

जाडो बढेसंगै विद्युतको माग पनि बढीरहेको घिसिङको भनाइ छ । बेलुकाको पिकलोड १७ सय मेगावाटसम्म पुगिरहेको र बिहान पनि १६ मेगावाटसम्म पुगेको उनले बताए । गत वर्षको तुलनामा काठमाण्डु उपत्यकामा ० देखि १ सय मेगावाटसम्म बढेको बताइएको छ । विद्युत खपत बढेका कारण कहीँकतै फिगर र धेरै ठाउँमा ट्रान्समिटरले ’ओभरलोड’ नधान्दा समस्या सिर्जना भएको उनले बताएका छन् ।

उनले भने, ’काठमाडौंमा ३७ सयदेखि ३ सय ट्रान्सफर्म छन्। एउटा ट्रान्सफर्मबाट कहीँ २० त कहीँ लोड हेरेर ५० परिवारलाई विद्युत वितरण गरिएको हुन्छ। चिसो बढेपछि हरेक घरले एसी र हिटरको प्रयोग बढाउँदा ट्रान्सफर्मले नधानेर कतै जलेको छ र कतै अफ भएको छ।’ कतिपय ठाउँमा केबलहरूमा आगलागी भएको उनी बताउँछन्। गुनासो आएपछि सकेसम्म ट्रान्सफर्मर परिवर्तन गर्न सक्रिय भइसकेको उनले बताए ।

लोड नथेगेका ठाउँमा अहिले क्षमता बढी भएका ट्रान्सफर्मर राखिरहेको उल्लेख गरे । ट्रान्सफर्मर परिवर्तन गर्दा पूरै फिगरको लाइन काटिने भएकाले समस्या देखिएको उनको भनाइ छ। उनले भने, ’ट्रान्सफर्मरमा समस्या आउँदा फिगरकै लाइन काट्नुपर्छ। यसले गर्दा चार पाँच घन्टा त्यो एरियामै समस्या हुन्छ।’

उपत्यकाको माग व्यवस्थापनका लागि भनेर अहिले ९ वटा ठाउँमा सबस्टेसन बनिरहेको उनले जानकारी दिए । ‘ मातातीर्थ, चोभार, टेकु, ठिमी, मूलपानी, चाँगुनारायण, बालकुमारीलगायतका ठाउँमा सबस्टेसन बनिरहेका छन । यी सबै बनिसक्दा १ हजार मेगावाटको क्षमता थप हुन्छ ।’ उनले १२० प्रसारणलाईन नै अन्डरग्राउन्ड गर्ने काम अहिले भइरहेको समेत बताए ।