माओवादीको बन्दसत्र स्थगित, सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने प्रयास

माओवादीको बन्दसत्र स्थगित, सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने प्रयास


काठमाण्डु- नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा जारी बन्दसत्र पाँच बजे सम्मका लागि स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदन, स्थायी समिति सदस्य देवप्रसाद गुरुङले पेश गरेको विधान मस्यौदा पारित भएसँगै सहमतिबाट केन्द्रीय समितिको टुङ्गो लगाउन बन्दसत्र स्थगित गरिएको हो।

क्लष्टरअनुसारको केन्द्रीय समितिको ट्ङ्गो लगाउन महाधिवेशनस्थल प्रज्ञा भवनमा स्थायी समिति बैठक बसिरहेको छ । महाधिवेशनबाट आजै केन्द्रीय समितिको टुङ्गो लगाउने माओवादीको तयारी छ ।