शनिबार ३८२ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार ३८२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९५९ जनामा परीक्षण गर्दा ३८२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले ५ हजार ७ जनाको पीसीआर परीक्षण गर्दा ३४२ र १५ हजार ९५२ जनाको एन्टीजेन परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

यस्तै आज २५२ जना कोरोना संक्रमित निको भएका छन्। मृत्यु हुनेको संख्या भने आज शून्य रहेको छ । देशभरी ४ हजार ९६९ जना सक्रिय संक्रमित रहेका छन् ।