कांग्रेसमा असन्तुष्टीको सुरुवात, देउवालाई गुटबन्दीको आरोप

कांग्रेसमा असन्तुष्टीको सुरुवात, देउवालाई गुटबन्दीको आरोप


कठमाण्डु – नेपाली कांग्रेसमा असन्तुष्टीको सुरुवात भएको छ । १४ औ महाधिवेशन सकिएको केहि दिनमानै पार्टीभित्र असन्तुष्टी बढ्न थालेको छ ।

सभापति शेरबहादुर देउवाले मनोनित गर्न पाउने केन्द्रीय सदस्यको बिषयलाई लिएर असन्तुष्टी बढेको हो । ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने अधिकार सभापति देउवालाई छ । त्यसमध्ये हिजो (शनिबार) उनले १० जना मनोनित गरेका छन् । मनोनित सबैजना देउवानिकट भएको बताउदै केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले असन्तुष्टी जनाएका हुन् ।

समाजिक सञ्जाल मार्फत नेता केसीले दउवाले गृटबन्दी गर्न सुरु गरेको आरोप लगाएका छन् । ‘सभापतिले कांग्रेस विधान बमोजिम १० जना प्रत्यक्ष वा परोक्ष रूपमा आफ्ना सहयोगीहरूलाई केन्द्रीय समितिमा मनोनित गर्नुभएको छ,’ केसीले भनेका छन्, ‘साथीहरुलाई हार्दिक बधाई ।’

यसअघि पदाधिकारीमा पराजितलाई मनोनयन गरेको हो भने बाँकी पनि मनोनयनमा पर्नुपर्ने केसीको भनाइ छ । ‘१० बाहेक अरु ४ जना महेश आचार्य, डा.मीनेन्द्र रिजाल र डा.चन्द्र भण्डारीलगायतलाई मनोनितमा छुट्दा ‘प्रथम ग्रासे मक्षिकापात’ देखियो,’ उनले भनेका छन् ।

केन्द्रीय सदस्य मनोनीत हुनेमा रामचन्द्र पौडेलसहित प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मा रहेका छन् ।