काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु भएको छ । महाधिवेशन स्थल प्रज्ञा भवन कमलादीमा जारी स्थायी कमिटीमा केन्द्रीय सदस्यहरुको नाम टुङ्गो लगाउने बिषयमा छलफल भईरहेको बताइएको छ ।
सबै प्रदेश कमिटीलाई केन्द्रीय सदस्यको नाम टुङ्गो लगाउन भनिएपनि प्रदेशबाट नाम टुङ्गो लगाउन नसक्दा समस्या भएको हो । आकांक्षीहरु धेरै हुंदा नाम टुङ्गो लगाउन समस्या भएको छ । आजको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले सर्वसम्मत रूपमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेकाे एक नेताले जानकारी दिए ।
दिँउसो २ बजेसम्म निर्वाचन कार्यतालिका स्थगित गरेर पार्टीको केन्द्रीय समिति सर्वसम्मत बनाउने प्रयासमा लागेका अध्यक्ष प्रचण्डले विभिन्न प्रदेशवाट आएका समावेशी नाममा नेताहरुसँग छलफल गरेका छन् ।
पहिले २९९ सदस्यीय केन्द्रीय समिति र निर्वाचित भएको केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने माओवादीको विधानको ब्यवस्था छ ।




प्रतिक्रिया