गण्डकीका मन्त्री दोबाटेले सम्हाले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

गण्डकीका मन्त्री दोबाटेले सम्हाले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी


काठमाण्डु – गण्डकी प्रदेशका मन्त्री डोबाटे विश्वकर्माले आन्तरिक मामिला मन्त्रालयको कार्यभार सम्हालेका छन् । विनाविभागीय मन्त्री बनेको करिब अढाई महिनापछि उनले आन्तरिक मामिला मन्त्रालयको कार्यभार सम्हालेका हुन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गत बुधबार मन्त्री विश्वकर्मालाई आफुसँगै रहेको आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिन प्रदेश प्रमुखसमक्ष सिफरिस गरेका थिए ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार मन्त्रालयको जिम्मेवारी तोकेपछि मन्त्री विश्वकर्माले आइतबार मन्त्रालयको कार्यभार सम्हालेका हुन् । त्यसक्रममा उनले प्रदेश प्रहरीका उच्च अधिकृतहरुसँग छलफल गरेका थिए ।