काठमाण्डु – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले तीन जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।
सभापति देउवाले सभापतिमा पराजित कल्याणकुमार गुरुङसहित तीन जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् । उनले दोस्रो चरणमा देउवालाई सभापतिमा समर्थन गरेका थिए ।
देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका पौडेल पराजित भएका थिए । साथै कर्णालीका मुख्यमन्त्रीसमेत रहेका जीवनबहादुर शाही पनि केन्द्रीय सदस्य मनोनीत भएका छन् । उनी पनि सहमहामन्त्रीमा पराजित भएका थिए ।
सभापति देउवाले शनिबार रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए । विधानमा सभापतिले ३३ जनालाई केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ ।





प्रतिक्रिया