सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, पाँच जनालाई लाग्यो गोली

सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, पाँच जनालाई लाग्यो गोली


काठमाण्डु- धनुषामा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका -८ पोर्ताहा पुलमा आन्दोलनकारीले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरीसँग झडप भएको हो ।

आन्दोलनकारीले सडकमा टायर बालेर सवारी आवागमन अवरूद्ध पारेको थियो । प्रहरीले सडक खाली गर्न आग्रह गर्दा पनि नमान्दै उल्टै प्रहरीमाथि ढुंगा, लाठी प्रहार गरेको जनाइएको छ ।

त्यसपति प्रहरीले गोली चलाउँदा राउतका ८ जना कार्यकर्ताहरू घाइते भएका छन् । नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साहलाई गोली लागेको छ भने अन्य भागदौडमा घाइते भएका छन्। झडपमा प्रहरी ७ जना प्रहरी र एक सशस्त्र प्रहरी पनि घाइते भएका छन्। सिरहाको औरी गाउँपालिकामा किसानका लागि ल्याएको गहुँको बिउ वितरण नगरी राखिएपछि विवाद बढेको थियो