काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्को दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने बताएका छन् । एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।
एमाले निकट प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले आयोजना गरेको नयाँ वर्ष २०२२ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले एकीकृत समाजवादीले समाजवादको यात्रा तय गर्न नसक्ने बताएका हुन् ।
माधवकुमार नेपाल नेतृत्वको समूह एमालेबाट फुटेपछि एकीकृत समाजवादी गठन भएको हो । समाजवादी हाल नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनमा छ । एकीकृत समाजादीले आफूहरुले लक्ष्य नेपालमा समाजवादी क्रान्ति ल्याउनु रहेको बताउँदै आएको छ ।
ओलीले स्थिरता र सुशासन नचाहने तत्वले एमालेको सरकार ढालेको समेत बताए ।




प्रतिक्रिया