सत्ता गठबन्धनकाे बैठक बालुवाटारमा बस्दै,राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउने तयारी

सत्ता गठबन्धनकाे बैठक बालुवाटारमा बस्दै,राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउने तयारी


काठमाण्डु – सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजेका लागि बैठक बोलाइएको हाे। राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनका दलहरूले तालमेल गर्ने तयारी गरेका छन्। यसैबारे छलफल गर्न गठबन्धनको बैठक बोलाइएको हो।

केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन । यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदीय बैठक बसेको थियो । तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित रहेको थियो।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा रहेका छन् ।