सोमबार ३२६ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

सोमबार ३२६ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु


काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९७०० र एन्टिजेन विधिबाट २७९८ जनामा परिक्षण गर्दा ३२६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २९ हजार २७७ र एन्टिजेनबाट ९६ हजार २८० जना पुगेको छ। आज देशभर थप २५५ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १२ हजार ६७४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु मृत्यु भएको मन्त्रालयले दिएको छ।