काठमाण्डु – सरकारले प्राविधिकतर्फका २५ जना उपसचिवलाई राजपत्रांकित प्रथम श्रेणी सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको बढुवा सिफारिस समितिका विभिन्न बैठकले जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमताका आधारमा प्राविधिक तर्फ राजपत्रांंकित द्धितिय श्रेणीका २५ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
सिफारिसमा सबैभन्दा बढी नेपाल इन्जिनियरिङ सेवाततर्फका १६ जना, नेपाल कृषि सेवाका ७ जना र नेपाल वन सेवाका २ गरेर २५ जना रहेका छन् । प्रशासनतर्फ कार्यक्षमताको आधारमा १८ जना र जेष्ठता र कार्यसम्पादनका आधारमा ७ गरेर रिक्त ३६ जना सहसचिवमा बढुवा हुनका लागि एक सय ९८ जना प्रतिस्पार्धामा थिए ।
नेपाल इञ्जिनियरिङ सेवातर्फका उपसचिव शैलेसकुमार झा, कोषनाथ अधिकारी, रबिन्द्र बोहोरा, फणिन्द्रविक्रम कार्की, उज्जवल प्रजापति, अशोक तिवारी, रुपक राजभण्डारी, कुमार थापा, शंकरप्रसाद पण्डित, शम्भु कार्की, रामेश्वर मरहट्टा, रामकिसुन गिरी, डा. कृष्णराज पाठक, नारायणप्रसाद भण्डारी, मचाकाजी महर्जन र प्रकिर्ण तुलाधर सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् ।





















प्रतिक्रिया