३० हजार घुससहित मालपोतका दुई नासु पक्राउ

३० हजार घुससहित मालपोतका दुई नासु पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका दुई जना नायव सुुब्बालाई ३० हजार घुससहित पक्राउ गरेको छ।

 

जग्गा हाल साविक गरी जग्गा धनी प्रमाणपूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाल पक्राउ परेका हुन्।

 

 

सेवाग्राहीले कर्मचारीले घुस मागेको भन्ने सूचना आयोगका कर्मचारीलाई दिएका थिए। कानुनअनुसार जग्गा हाल साविक गरी जग्गाधनी प्रमाणपत्र दिनुपर्ने भएपनि नायब सुब्बाद्वय थापा र खनालले घुस मागेका थिए।

 

घुस मिलाउन विचौलियाको काम गर्ने कपिलदेव खड्का समेत पक्राउ परेको आयोगका सहायक प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए।