गुप्तचर प्रमुखमा यदुलाल खरेल नियुक्त हुंदै

गुप्तचर प्रमुखमा यदुलाल खरेल नियुक्त हुंदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई नियुक्त हुने भएका छन् । उनलाई आगामी बिहिवार बस्ने मन्त्रिपरिषदको बैठकले गुप्तचरको प्रमुख नियुक्त गर्ने निश्चित भएको हो ।

हालका गुप्तचर प्रमुख गणेश अधिकारी २३ पुसबाट अनिबार्य अवकाशमा जाने भएपछि बरियतामा अधिकारी पछि रहेका खरेलले उक्त जिम्मेवारी पाउने भएका हुन । खरेल साढे सात महिना संगठनको प्रमुख बन्नेछन् । गुप्तचरमा यदुलाल खरेल र यादवप्रसाद रेग्मी छन् । खरेल प्रमुख भएसंगै रेग्मी तीन महिनामै सोही पदबाट उमेर हदका कारण अनिबार्य अवकाश हुनेछन् । उनको दरबन्दी समेत फाजिलमा छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २३ पुस २०७५ अधिकारीलाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गरेका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याउनुका साथै तत्कालिन प्रमुख दिलिप रेग्मीलाई हटाएर अधिकारीलाई प्रमुख बनाएका थिए ।

अधिकारीलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बांकी ७ महिना संगठनकै नेतृत्वमा रहन आग्रह गरेपनि उनले नमानेको स्रोत बताउंछ ।

गूप्तचर विभागको ऐन पुर्नलेखन भएर विशेष सेवा ऐन २०४२ संसोधनका लागी अहिले राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा थन्किएको छ । उक्त ऐन तुरुन्त पास गर्न लविङ जारी नै छ । त्यसमा उमेर हद ६० वर्ष बनाउने प्रस्ताव उल्लेख छ । उक्त प्रस्ताव पारित भएको भए अधिकारी नै प्रमुख बन्ने सम्भावना समेत थियो । तर, उनले नै त्यसमा अनिच्छा देखाएको बताइन्छ ।

अधिकारीको कार्यकालमा सुधारका धेरै काम भएको र संगठनको भूमिका प्रभावकारी भएको गूप्तचरकै अधिकारीहरु बताउंछन् । उनि प्रमुख बनेदेखि खासै विवादमा समेत आएको छैनन । उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियम परिवर्तन गरेर राख्न खोजेपनि उनले नियमित प्रक्रियाबाट नै बिदा हुने बताएका थिए । अहिलेलाई खरेल नै प्रमुख बन्ने लगभग निश्चित भएपनि यसपछिको आईजिपीको लागी भने दौड सुरु भएको छ ।

खरेल हालका आइजिपी अधिकारीका ब्याचमेट समेत हुन । खरेलसंग फिल्डमा बसेको खासै अनुभव छैन । उनि एसएसपी हुंदा दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत थिए । खरेलसंग बढिजस्तो समय मुख्यालयमै बसेर काम गरेको अनुभव छ । खरेलले चीनबाट ९ महिनाको उच्च तहको कोर्स गरेका छन् ।

अधिकारीको अवकासपछि रिक्त हुने एआइजीमा बढुवा हुन गूप्तचर अधिकारीहरु दौडमा रहेका छन् । जसमध्ये हाल प्रदेश दुईमा रहेका डिआईजी ओम जोशीको सम्भावना बलियो छ ।

जोशी विभागमा सक्षम र व्यवसायिक अधिकारीका रुपमा चिनिन्छन् । उनि वरियतामा समेत अगाडी छन् । उनिपछि हरिहर पौडेल,हुतराज थापा र कुलदिप थापा पनि एआईजी बन्ने दौडमा छन् ।