माओवादी केन्द्रमा केन्द्रीय सदस्यको संख्या २४६ पुग्यो (सूचीसहित)

माओवादी केन्द्रमा केन्द्रीय सदस्यको संख्या २४६ पुग्यो (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रमा केन्द्रीय सदस्यको संख्या २४६ जना पुगेका छन् । आइतबार कमलादीस्थित महाधिवेशनको बन्दसत्र हलमा पुष्पकमल दाहाल प्रचण्डले २३६ जनाको नाम बाचन गरेपनि सोमबार १० जनाको नाम थप गरिएको हो ।

नेताहरुको सुझावका आधारमा १० जनाको नाम थपेर २४६ जना पुर्याइएको निर्वाचन समितिले जनाएको छ । माओवादीको विधानअनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय रहनेछ ।

महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्यहरुले सोमबार नै शपथ लिइसकेका छन् । माओवादीको अर्को केन्द्रीय कमिटी बैठक पुस २५ गते बस्नेछ ।